'अपरेशन सिन्धु' सुरु: युद्धग्रस्त इरानबाट ११० भारतीय विद्यार्थीको सकुशल उद्धार
20 घन्टा पहिले प्रकाशित

एजेन्सी,असार ५ गते । इरान र इजरायलबीचको बढ्दो तनावका बीच भारत सरकारले ‘अपरेशन सिन्धु’ सञ्चालन गर्दै इरानमा फसेका आफ्ना नागरिकलाई सुरक्षित निकाल्ने अभियान थालेको छ। १७ जुनका दिन भारतले इरानको उत्तरी क्षेत्रमा रहेका ११० जना भारतीय विद्यार्थीलाई सडक मार्ग हुँदै आर्मेनिया पुर्यायो। त्यहाँबाट उनीहरूलाई येरेवन सहर हुँदै विशेष विमानमार्फत भारत फर्काउने व्यवस्था मिलाइएको थियो। उद्धार प्रक्रिया भारतीय दूतावास तथा मिशनहरूको निगरानीमा सम्पन्न भएको हो।
भारतीय विदेश मन्त्रालयका अनुसार, यो अपरेशन सिन्धुको पहिलो चरण हो र हाल युद्धग्रस्त क्षेत्रबाट अन्य भारतीयहरूलाई पनि कम जोखिमयुक्त स्थानमा सार्ने काम जारी छ। भारतले इरान र आर्मेनियाको सरकारप्रति सहयोगका लागि आभार व्यक्त गर्दै भनेको छ, विदेशमा रहेका आफ्ना नागरिकको सुरक्षालाई भारतले सधैं प्राथमिकतामा राख्दछ। विदेश मन्त्रालयले इरानमा रहेका अन्य भारतीयहरूलाई तेहरानस्थित भारतीय दूतावास वा दिल्लीको २४x७ कन्ट्रोल रूमसँग नियमित सम्पर्कमा रहन आग्रह पनि गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments