इरान–इजरायल युद्ध सातौँ दिनमा, आणविक केन्द्र लक्षित गर्दै इजरायली चेतावनी

21 घन्टा पहिले प्रकाशित

एजेन्सी,असार ५ गते । इरान र इजरायलबीचको युद्ध सातौँ दिनमा प्रवेश गर्दा तनाव झनै चुलिएको छ। इजरायली रक्षा बल (आईडीएफ) ले बिहीबार बिहान इरानका दुई प्रमुख सहर—अराक र खोन्दब—का नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान चेतावनी दिएको छ। यी दुबै स्थान इरानको आणविक कार्यक्रमसँग गहिरो रूपमा जोडिएका छन्, जसमा हेभी वाटर रियाक्टर र हतियार उत्पादन केन्द्रहरू रहेका छन्। अराकमा रहेको रियाक्टर र खोन्दबमा रहेको आईआर–४० नामक आणविक रियाक्टर अन्तर्राष्ट्रिय निगरानीमा रहेका संवेदनशील क्षेत्र हुन्।

छ दिनदेखि जारी युद्धमा २४ जना इजरायली नागरिकको मृत्यु भइसकेको छ भने वासिङ्टनस्थित मानवअधिकार संस्थाको अनुसार इरानमा मृत्यु हुनेको संख्या ६३९ पुगेको छ। हालसम्म १ हजार ३२९ जना घाइते भएको दाबी गरिएको छ। उता, बुधबार राति इजरायली ह्याकरहरूले इरानको सरकारी टेलिभिजन आईआरआईबीसहित थुप्रै समाचार च्यानलहरू ह्याक गर्दै सन् २०२२ को विरोध प्रदर्शनको भिडियोहरू प्रसारण गरेका थिए, जसमा महिलाहरूलाई प्रतिवादस्वरूप कपाल काटिरहेको देखिन्छ। यसक्रममा जनतालाई विद्रोहको आह्वानसमेत गरिएको थियो।

 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?