जनकपुरधाम, असार ५ गते । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा बुधबार राति उइङ्गर गाडीले साइकल सवार दुई जनालाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन्। ना १ ज ७०४९ नम्बरको गाडीले पहिले सडक छेउमा रोकी राखिएको ट्रकलाई ठक्कर दिएको थियो, त्यसपछि गाडीले पूर्वबाट आउँदै गरेका साइकल सवारलाई ठक्कर दिएको हो। दुर्घटनामा मिथिला नगरपालिका–४, पुष्पवलपुरका ६० वर्षीय बिन्दे साहको घटनास्थलमै ज्यान गएको हो भने धनुषाधाम–६ का ३३ वर्षीय विमल मण्डल गम्भीर घाइते भएका छन्।
दुवै जनालाई तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले साहलाई मृत घोषणा गरेका हुन् भने मण्डलको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयले आधा घण्टा सडक अबरुद्ध पारेका थिए। उइङ्गर गाडी प्रहरी नियन्त्रणमा रहे पनि गाडी चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments