बारा जंगलमा बाघको आक्रमणबाट गोठालाको मृत्यु
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असार ४ गते । बारा जिल्लाको अमलेखगञ्जस्थित जंगलमा बाख्रा चराउन गएका एक गोठालाको बाघको आक्रमणबाट मृत्यु भएको छ। मृतक ५५ वर्षीय चन्द्रबहादुर भुलन मकवानपुर मनहरी घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बसोबास गर्दै आएका थिए। उनी बाख्रा चराउने काम गर्दै आइरहेका थिए। मङ्गलवार बिहान चकरी जंगलतर्फ बाख्रा चराउन गएका भुलन बेलुकीसम्म घर नफर्किएपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजय राज पण्डितका अनुसार प्रहरी र स्थानीयवासीको खोजीपछि बुधबार बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले चिथोरेको अवस्थामा भुलनको शव फेला परेको हो। घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने प्रहरीले बाघको निगरानी र सतर्कता अपनाउन वन कार्यालयलाई जानकारी गराएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments