जनकपुरधाममा ‘अष्टावक्र गीता’ प्रवचन कार्यक्रमको प्रस्ताव, अन्तर्राष्ट्रिय धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

14 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३ गते ।  जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्न महर्षि अष्टावक्रद्वारा रचित अष्टावक्र गीता मा आधारित प्रवचन कार्यक्रम आयोजना गर्न प्रस्ताव गरिएको छ। मारवाडी सेवा समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य निर्मल कुमार चौधरीले पर्यटन प्रवर्द्धनको उद्देश्यले अन्तर्राष्ट्रिय अध्यात्मिक गुरु श्री श्री रविशंकर (The Art of Living) को प्रवचन कार्यक्रम जनकपुरधाममा गरिनुपर्ने माग गरेका छन्।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशकलाई पठाइएको पत्रमार्फत चौधरीले आर्थिक वर्ष २०८२/८३ को बजेटमा कार्यक्रमका लागि विशेष बजेट विनियोजन गरिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार यस्तो कार्यक्रमले जनकपुरधामको धार्मिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नुका साथै मधेश प्रदेशको पर्यटनमा नयाँ उचाइ दिनेछ।

उनले यसअघि बजेट तर्जुमा अन्तरक्रिया कार्यक्रममा पनि सो प्रस्ताव सार्वजनिक रूपमा राखेको उल्लेख गरेका छन्। पत्रको बोधार्थ प्रदेश सरकारका मुख्यमन्त्री, पर्यटन मन्त्री, जनकपुरधाम उपमहानगरपालिका, उद्योग वाणिज्य संघलगायत सरोकारवाला निकायहरूलाई समेत पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?