छूटेको फ्लाइट, बचेको जीवन: एयर इंडिया दुर्घटनाबाट बाँच्ने ७ भाग्यमानी यात्रु

2 महीना पहिले प्रकाशित

एजेन्सी, असार १ गते ।  १२ जूनमा अहमदाबादबाट लन्डनका लागि उडान भरिरहेको एयर इन्डिया फ्लाइट १७१ दुर्घटनाग्रस्त हुँदा सयौंको ज्यान गएको भयावह घटनामा सात जना यात्रुहरू भने चमत्कारिक रूपमा बच्न सफल भए। यी यात्रुहरूले अन्तिम क्षणमा यात्रा नगर्ने निर्णय लिए—कसैको टिकट रद्द भयो, कसैलाई ट्राफिकले रोक्यो, त कसैलाई बोर्डिङ गेटमा कागजात नपुगेको भन्दै स्टाफले रोके। वडोदराका यामन व्यासले आमाको आग्रहमा यात्रा स्थगित गरे भने भरूचकी भूमि चौहान ट्राफिक जामका कारण १० मिनेट ढिला भइन्।

यस्तै, सूरतका सावजी टिंबाडियाले भित्रैबाट बेचैनी महसुस गरी आफैंले टिकट सार्ने निर्णय गरे। जयेश ठक्कर कोलकातामा काममा अल्झिएर अहमदाबाद पुग्न नसक्दा फ्लाइट छुट्यो भने रवजी पटेलले आफन्तसँग जानुपर्ने भए तापनि व्यक्तिगत कारणले पछि जान ठाने। यी सबै घटनाहरू सामान्य देखिए पनि ती यात्रुहरूका लागि जीवनको मोड बन्न पुगे। कसैलाई ट्राफिकको झन्झट, कसैलाई एयरपोर्टको कडाइ, त कसैलाई आमाको आँशुले बचायो—यी यात्रुहरू यसलाई चमत्कारभन्दा कम ठान्दैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?