भारतमा दुई दिनभित्र दुई हवाई दुर्घटना, हेलिकप्टर र विमान दुर्घटनामा २८२ जनाको ज्यान गयो

2 महीना पहिले प्रकाशित

एजेन्सी, असार १ गते । भारतको उत्तराखण्डमा केदारनाथ यात्राबाट फर्किंदै गरेको आर्यन कम्पनीको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालकसहित ७ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड र त्रिजुगीनारायणको बीचमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (UCADA) ले जनाएको छ। मृतकमध्ये एक बालिका पनि रहेको बताइएको छ। हेलिकप्टर केदारनाथबाट गुप्तकाशी जाँदै गर्दा बिहान ५:३० बजे दुर्घटना भएको हो।

यसअघि बिहीबार भारतकै अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनामा पर्दा २७५ जनाको ज्यान गएको थियो। लन्डन ग्याटविकतर्फ उडेको विमान टेकअफ गरेलगत्तै आवासीय क्षेत्रमा खस्दा स्थानीय मेडिकल होस्टलका ३४ जनाको मृत्यु भएको थियो, जसमा पाँचजना चिकित्सक र ३१ जना स्टाफ थिए। विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए, जसमध्ये केही बेलायती, पोर्चुगिज र क्यानाडेली नागरिक पनि थिए। पछिल्ला दिनमा भारतमा भएका यी दुई हवाई दुर्घटनाले नागरिक उड्डयन सुरक्षा माथि गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?