रौतहटमा चट्याङ लाग्दा ६५ वर्षीय वृद्धको मृत्यु

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १ गते । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। बिहान करिब ८ बजे आफ्नै घरअगाडि बाँधेका बाख्रा खोल्ने क्रममा चट्याङ लाग्दा ६५ वर्षीय सियाराम बनिया घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार बनियालाई तत्काल उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा बिहान करिब १० बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?