मधेश सरकारद्वारा आर्थिक सर्वेक्षण आज प्रदेशसभामा प्रस्तुत हुँदै
24 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ३० गते । मधेश प्रदेश सरकारले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आर्थिक मामिलामन्त्री सुनिलकुमार यादवले मधेश प्रदेशसभाको पाँचौं अधिवेशनको नवौं बैठकमा यो सर्वेक्षण पेश गर्न लागेका हुन्।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री यादवले आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि सभामुख रामचन्द्र मण्डलले अर्थ मन्त्रालयबाट प्राप्त २०८२/०८३ सालको राजस्व तथा व्ययको अनुमान सम्बन्धी पत्र पढेर सुनाउने छन्। मधेश सरकारले यसअघि गत शुक्रबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने असार १ गते बजेट ल्याउने तयारी भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments