सवारी दुर्घटनामा दुई युवाको मृत्यु, ट्रक चालक फरार

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ ३० गते । वीरगन्ज महानगरपालिका–२२ स्थित ड्राईपोर्ट सडकखण्डको सिताराम चौकमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। बिहान ५ बजेतिर सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल बिग्रिएर रोकिराखिएको भारतीय ट्रक (एचआर ५५ के ३९७१) मा ठोक्किएपछि दुर्घटना भएको हो। गम्भीर घाइते तीनमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए।

मृत्यु हुनेहरू पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका रामाकान्त यादव र विजय यादव हुन् भने २२ वर्षीय विजय कुमार यादव गम्भीर अवस्थामा वीरगन्जमा उपचाररत छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनास्थलमै दुवै सवारी साधन फेला परे पनि ट्रक चालक भने फरार छन्, र उनको खोजी भइरहेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?