अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त, टेकअफ गरेपछि तुरुन्तै भयो दुर्घटना
7 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ २९ गते । गुजरातको अहमदाबाद शहरमा बिहीबार एयर इन्डियाको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको छ। जानकारी अनुसार विमानले अहमदाबाद विमानस्थलबाट उडान भरेको केही क्षणमै दुर्घटना भएको हो। दुर्घटनापछि विमान दुर्घटनास्थलबाट कालो धुवाँ आकाशतर्फ उडेको देखिएको छ, जसका कारण आसपासको क्षेत्रमा अफरातफरी मच्चिएको छ। उद्दार टोली घटनास्थलमा पुगिसकेको छ, यद्यपि हालसम्म कसैको मृत्यु वा घाइते भएको पुष्टि भएको छैन।
यो ताजा दुर्घटना एयर इन्डियाको इतिहासमा भएका कैयौं गम्भीर विमान दुर्घटनामध्ये अर्को एक कडी बनेको छ। यसअघि सन् १९७८ मा फ्लाइट ८५५ अरब सागरमा खसेको थियो, जसमा २१३ जनाको ज्यान गएको थियो। सन् १९८५ को कुख्यात ‘कनिष्क’ विमान दुर्घटना अझै पनि भारतको सबैभन्दा घातक हवाई दुर्घटनामध्ये एक मानिन्छ। त्यसपछि सन् १९९०, २०१० र २०२० मा पनि एयर इन्डिया र यसको सहायक एयरलाइन्सका विमानहरू दुर्घटनाग्रस्त भइसकेका छन्। अहमदाबादको यो पछिल्लो दुर्घटनाको विस्तृत विवरण र कारणबारे छानबिन जारी छ।
कमेन्ट गर्नुहोस्
view comments