चन्द्रपुरमा सवारी दुर्घटनामा युवकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

10 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २९ गते । रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीका अनुसार ३५ वर्षीय बुद्ध लिम्बूको अज्ञात सवारीसाधनको ठक्करबाट ज्यान गएको हो। मृतक लिम्बू मङ्गलपुरकै स्थानीय बासिन्दा हुन्।

दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश प्रकट गर्दै राजमार्ग अवरुद्ध पारेका छन्। प्रहरीका अनुसार ठक्कर दिने सवारी साधनको पहिचान खुल्न सकेको छैन। मृतक लिम्बूको शव हालसम्म घटनास्थलमै रहेको छ भने स्थानीय रविन लामाले घटना पुष्टि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?