मधेशमा सदगुरु कबीर जयन्तीको अवसरमा पहिलो पटक सार्वजनिक बिदा

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २८ गते ।  मधेश प्रदेश सरकारले आज सदगुरु कबीरको ६२७औं जयन्तीको अवसरमा पहिलो पटक सार्वजनिक बिदा दिएको छ। कबीरपन्थी समुदायको धार्मिक आस्थालाई सम्मान गर्दै सरकारले यो निर्णय लिएको हो। विगत वर्ष उनका अनुयायीहरूले प्रकाटय दिवसमा सार्वजनिक विदा घोषणा गर्न माग गर्दै विभिन्न सरकारी निकायहरूमा ज्ञापनपत्र बुझाएका थिए।

कबीर धर्मावलम्बीहरूको संख्या नेपालभर झण्डै २० लाख रहेको अनुमान गरिएको छ। यसै सन्दर्भमा, कबीर अनुयायीहरूले आफ्नो धर्मलाई राष्ट्रिय जनगणनामा छुट्टै रूपमा समावेश गराउन पनि सरकारसँग आग्रह गरेका छन्। धार्मिक पहिचान र अधिकारको प्रत्याभूति माग गर्दै उनीहरूको आवाज क्रमशः सशक्त बन्दै गएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?