भारतमा कोरोना संक्रमण बढ्दै, २४ घण्टामा ३७८ नयाँ केस र ६ मृत्यु

4 महीना पहिले प्रकाशित

एजेन्सी,जेठ २६ गते । भारतमा पछिल्लो २४ घण्टामा ३७८ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ। गत ९ दिनमा ५८ जनाको मृत्यु भइसकेको छ भने दुई हप्तामा संक्रमितको संख्या २३ गुणाले बढेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।

सबैभन्दा बढी प्रभावित राज्य केरला रहेको छ, त्यसपछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा पनि नयाँ केसहरू रिपोर्ट भएका छन्। यद्यपि, विज्ञहरूले कोभिडको नयाँ संस्करण खतरनाक नभएको बताएका छन् र बिरामी घरमै निको हुन सक्ने बताए। हाल अरुणाचल प्रदेश र मिजोरममा सक्रिय संक्रमित छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?