रौतहटमा अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न ३ ट्याक्टरलाई कारवाही

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २६ गते । रौतहटको गुजरा नगरपालिका–४ स्थित लालबकैया खोलामा अवैध बालुवा उत्खननमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा लिएर १० हजार रुपैयाँ दरले जरिवाना गरिएको छ। ना २ त ३५५९, ना ६ त ८५४६ र ना ६ त ९३२ नम्बरका ती ट्याक्टरहरू सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएका थिए।

जिल्ला समन्वय समिति रौतहटका जिल्ला समन्वय अधिकारी अमितकुमार यादवका अनुसार, उक्त कार्य बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड (२०७९) र जिल्लाको नियमन कार्यविधि (२०७७) विपरीत भएको पाइएपछि कारवाही गरिएको हो।

नदीजन्य पदार्थ गुजरा नगरपालिकाले लिलाम बिक्री गरी स्थानीय कोषमा आम्दानी गर्ने व्यवस्था मिलाउनेछ। साथै, यसरी अवैध उत्खननमा संलग्नलाई सचेत गराइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?