कोलम्बियाका राष्ट्रपति उम्मेदवारमाथि गोली प्रहार
2 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ २५ गते । दक्षिण अमेरिकी देश कोलम्बियामा राष्ट्रपतीय उम्मेदवार मिगुएल उरिबे टर्बेमाथि राजधानी बोगोटामा चुनावी कार्यक्रममा सम्बोधन गरिरहेको बेला गोली प्रहार गरिएको छ। ३९ वर्षीय टर्बेमाथिलाई एक व्यक्तिले तीन गोली हानेको बताइएको छ, जसमा दुई गोली उनको टाउकोमा लागेको छ। उनको परिवारले अहिले उनलाई आईसीयूमा राखेर उपचार भइरहेको र सबैले स्वास्थ्यलाभका लागि प्रार्थना गर्न आग्रह गरेको छ।
स्थानीय सञ्चारमाध्यमहरूले घटनास्थलबाट १५ वर्षका एक किशोरलाई पक्राउ गरिएको जनाएका छन्। टर्बेको पार्टी सेन्ट्रो डेमोक्रेटिकोले यो आक्रमण लोकतन्त्र र स्वतन्त्रतामाथिको खतरा भएको भन्दै निन्दा गरेको छ। कोलम्बिया सरकारले पनि घटनालाई कडा रुपमा निन्दा गर्दै यो एक व्यक्तिमात्र नभई लोकतन्त्रमाथिको आक्रमण भएको बताएको छ। कोलम्बियामा २०२६ को मेमा राष्ट्रपतीय चुनाव हुँदैछ र टर्बे राष्ट्रपति पदका बलियो प्रतिस्पर्धी मानिन्छन्।
कमेन्ट गर्नुहोस्
view comments