नेपाल टेलिकमको बिलिङ घोटालामा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
22 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २५ गते । नेपाल टेलिकमको बिलिङ प्रणालीमा भएको भ्रष्टाचार प्रकरणमा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले कुल ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग गर्दै कैद र जरिवानासमेत माग गरेको छ। साथै, बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी भएको पुष्टि भएपछि उक्त रकम असुल गर्न पनि आग्रह गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments