मधेश प्रदेशको नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा शंका

22 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २५ गते । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्। अधिकांश नेताहरूले यसमा उत्साहजनक नारा समावेश भएको भन्दै कार्यान्वयनमा जोड दिएका छन्। पूर्वमुख्यमन्त्री लालबाबु राउतले नारा त धेरै भए पनि कार्यान्वयनको कुरामा चिन्ता व्यक्त गर्दै विगतका अधुरो योजनाको समीक्षा र नयाँ विकासका उपायहरू स्वागतयोग्य रहेको बताउनुभयो। अर्का पूर्वमुख्यमन्त्री सरोज यादवले नीति नयाँ नभएको र बजेटअनुसार नीति ल्याउनुपर्ने सुझाव दिनुभयो।

नेकपा (माओवादी केन्द्र) का नेता रहबर अन्सारीले नीति बारम्बार दोहोरिने तर धेरैजसो नारा मात्र सीमित रहेको आलोचना गर्नुभयो भने, एकीकृत समाजवादी पार्टीकी बेची लुङ्गेलीले पनि नीति मिश्रित रहेको, बजेट र कार्यान्वयन पक्ष कमजोर हुने चिन्ता व्यक्त गर्नुभयो। यद्यपि, मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले नीति तथा कार्यक्रममा समावेशी विकास र सामाजिक न्यायमा जोड दिँदै यसलाई प्रदेशको समृद्धिको मार्गचित्रको रूपमा व्याख्या गर्नुभएको छ र सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?