सर्पदंशबाट डिभिजन वन कार्यालयका कर्मचारीको मृत्यु
19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २३ गते । महोत्तरीको डिभिजन वन कार्यालय लक्ष्मिनियामा करार सेवामा कार्यरत १७ वर्षीय कर्मचारी रुपेश महतोको सर्पदंशका कारण मृत्यु भएको छ। गौशाला नगरपालिका–१०, लक्ष्मिनियाका बटौवा निवासी महतोलाई गएराति करिब १ बजे पेट र तिघ्रामा गरी तीन पटक सर्पले डसेको थियो। तत्काल बर्दिबासको सर्पदंश उपचार केन्द्रमा लगिए पनि अवस्था गम्भीर भएपछि जनसेवा अस्पतालमा थप उपचारका लागि पुर्याइएको थियो, जहाँ आज बिहान ५:१५ बजे उनको ज्यान गएको हो।
महतोलाई करिब एक वर्षअघि साझेदार वन उपभोक्ता समूहमार्फत डिभिजन वन कार्यालयमा भान्सेका रूपमा करारमा नियुक्त गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। जोखिमयुक्त वातावरणमा काम गरिरहेका कर्मचारीका लागि पर्याप्त सुरक्षा र सचेतनाको अभावले यस्तो दुःखद घटना दोहोरिएको भन्दै स्थानीयवासीहरूले चिन्ता व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments