सप्तरीको सुरुङ्गामा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु, एक गम्भीर घाइते

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २२ गते । सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित करडवोना चोकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत तीव्र गतिमा पूर्वतर्फ गइरहेको बा ८७ प ९९७ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–२ का १९ वर्षीय चालक सुजितकुमार चौधरीको घटनास्थलनजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका सोही गाउँपालिकाका २१ वर्षीय अभिषेक चौधरीको सिरहास्थित धमनी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरान लगिएको हो। तर, सुजितलाई विराटनगरतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ। उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइए पनि चिकित्सकले राति ११ बजे मृत घोषणा गरेका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय करडवोनाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?