सर्लाहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, पुलबाट खस्दा गम्भीर चोट

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २० गते । सर्लाहीको बरहथवा नगरपालिका–१७ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। मलंगवा नगरपालिका–४ का ३५ वर्षीय घनश्याम राय सवार ना.४६ प.२८२० नम्बरको मोटरसाइकल कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साइडबाट करिब ३ मिटर तल खसेको थियो।

दुर्घटनामा रायको टाउको, निधार र दुबै आँखामा गहिरो चोट लागेको थियो। बरहथवास्थित एक निजी अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई एलएस न्युरो अस्पताल, बारामा लगिएको थियो, जहाँ बिहान ६ बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले जानकारी दिए। घटनाको अनुसन्धान जारी रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?