कराचीको मालिर जेलबाट २१६ कैदी फरार, भूकम्पपछि मच्चिएको अफरातफरीले बढायो सुरक्षा चुनौती

2 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ २० गते । सोमबार राति पाकिस्तानको कराचीस्थित मालिर जेलबाट २१६ जना कैदी फरार भएका छन्। कराचीमा आएको भूकम्पको झट्कापछि सावधानी अपनाउँदै करिब ७०० देखि १,००० कैदीलाई ब्यारेकबाट बाहिर निकालिएको थियो। यही अफरातफरीको मौका छोप्दै सयौं कैदीहरू मुख्य ढोकाबाट भागेका हुन्। प्रारम्भिक अनुसन्धानअनुसार पर्खाल भत्काएर होइन, मुख्य प्रवेशद्वारबाटै धक्का मुक्की गर्दै कैदीहरू भागेका थिए। हालसम्म ८० जना पुनः पक्राउ परेका छन् भने १३५ जना अझै फरार छन्।

जेल प्रशासन र सुरक्षासम्बन्धी निकायले सयुक्त खोजी अभियान सुरु गरेका छन्। विशेष सुरक्षा एकाइ (एसएसयू), र्‍यापिड रेस्पोन्स फोर्स (आरआरएफ), रेन्जर्स र फ्रन्टियर कोर (एफसी) घटनास्थलमा परिचालित छन्। एक कैदीको मृत्यु भएको पुष्टि गरिएको छ भने चार सुरक्षाकर्मी घाइते भएका छन्। गृहमन्त्रीले प्रशासनिक लापरबाहीलाई पनि घटना हुन सक्ने सम्भावित कारण मानेका छन् र दोषी अधिकारीमाथि अनुशासनात्मक कारबाही हुने बताएका छन्। भागेका सबै कैदीको रेकर्ड सुरक्षित रहेको र खोजी तीव्र बनाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?