शल्यक्रियापछि बेहोस भएकी पविता यादवको निधन, पीडित परिवार न्यायको खोजीमा
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १६ गते । जनकपुरधामस्थित अवैध मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि चार महिनासम्म होस नफेरी भेन्टिलेटरमा रहेकी सर्लाहीकी २५ वर्षीया पविता यादवको शुक्रबार बिहान काठमाडौंको केएमसी अस्पतालमा निधन भएको छ। पविताको माघ ३ गते जनकपुर–१४ पिडारीचोकस्थित अनुमतिविहीन अस्पतालमा शल्यक्रिया गरिएको थियो, जहाँ शल्यक्रियापछि उनी गम्भीर अवस्थामा पुगेकी थिइन्। आर्थिक अभावका कारण उनका पति अंगेश यादव अस्पताल छाडेर घर फर्किन बाध्य भएका थिए, र अहिले शव व्यवस्थापनका लागि पनि सहयोग मागिरहेका छन्।
पविताको उपचारमा चिकित्सकीय लापरबाही भएको भन्दै उनका परिवारले दोषी अस्पताल र चिकित्सकमाथि कारबाहीको माग गरिरहेका छन्। पविताका पिताले अस्पताल सञ्चालकले दबाबमा शल्यक्रिया गराएको बताएका छन् भने अस्पताल न त दर्ता थियो, न त विशेषज्ञ चिकित्सक नै। यता, पविताको मृत्युपछि प्रशासन मौन देखिएको छ, र पीडित परिवार न्याय र सहयोगको पर्खाइमा छ।
कमेन्ट गर्नुहोस्
view comments