एजेन्सी, जेठ १६ गते । गाजाको उत्तरी सहरमा इजरायली आक्रमणको चपेटामा परेपछि अराजकता र लुटपाटको अवस्था सिर्जना भएको छ। विगत केही हप्तादेखि आवश्यक राहत सामग्री नपुगेपछि यहाँका बासिन्दा खाद्यान्नको खोजीमा भौँतारिन थालेका छन्। हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार, गाजा सहरको बजार क्षेत्रमा व्यवस्था कायम राख्ने क्रममा तैनाथ सात जना प्रहरी अधिकारीहरू इजरायली हवाई आक्रमणमा ज्यान गुमाएका छन्।
इजरायली सेनाले घटनाबारे कुनै औपचारिक टिप्पणी नगरेपनि हालैका दिनमा आतङ्ककारी लुकेका स्थानमा आक्रमण गरिएको दाबी गर्दै आएको छ। बिहीबार मात्रै गाजाभर कम्तीमा ४४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ, जसमा केन्द्रीय बुरेइज शरणार्थी शिविरमा २३ जनाको ज्यान गएको छ। यता, संयुक्त राष्ट्रसंघका अनुसार, देइर अल–बलाहमा भोकले हैरान मानिसहरूको भिड गोदाममा प्रवेश गर्दा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। राहत सामग्री गाजामा पुग्न थालेको भए पनि ११ हप्तादेखिको नाकाबन्दीले मानवीय संकट झनै गहिरिँदै गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments