लरेन्स बिश्नोई गिरोहका शार्प शूटर नवीन कुमार इन्काउन्टरमा मारिए
2 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ १६ गते । उत्तर प्रदेश प्रहरीले कुख्यात लरेन्स बिश्नोई गिरोहका शार्प शूटर नवीन कुमारको बुधवार राति इन्काउन्टरमा मृत्यु भएको दाबी गरेको छ। यूपी एसटीएफ र दिल्ली प्रहरीको विशेष सेलले गाजियाबाद नजिकै हापुरको कोतवाली क्षेत्रमा संयुक्त अपरेसन चलाउँदा गोली हानाहान भएको र त्यसक्रममा कुमार घाइते भएको बताइएको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरेका थिए।
प्रहरीका अनुसार, गाजियाबादको लोनी निवासी कुमारविरुद्ध करिब २० आपराधिक मुद्दा दर्ता छन्, जसमा हत्या र हिंसात्मक अपराधहरू पनि समावेश छन्। यूपी एसटीएफका एडीजी अमिताभ यशले कुमारलाई अदालतले दुई मुद्दामा सजाय सुनाइसकेको जानकारी दिए। इन्काउन्टरपछि प्रहरीले घटनास्थलबाट हतियार बरामद गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments