सिरहा नगरपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार सिरहा नगरपालिकामा छापा मारेको छ। टोलीले नगरपालिकाको विभिन्न योजनासम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको छ भने केही योजनाहरूको स्थलगत निरीक्षणसमेत गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार नगरपालिकाविरुद्ध दर्ता गरिएको उजुरीको आधारमा सो छापा मारिएको हो। उजुरीमा उठाइएको विषयबारे आवश्यक जानकारी संकलन गर्न आयोगको टोली सिरहा पुगेको हो। अख्तियारले हाल संकलित कागजातहरूको अध्ययनपछि थप अनुसन्धान अघि बढाइने जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments