लालूले तेज प्रतापलाई आरजेडी र परिवारबाट निष्कासित गरे

2 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ ११ गते । राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालू प्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई पार्टीबाट निष्कासित गरेका छन्। अनुष्का यादवसँगको भाइरल भिडियोपछि तेज प्रतापलाई पार्टीबाट बाहिर निकालिएको हो। लालूले सामाजिक सञ्जालमार्फत व्यक्तिगत जीवनमा नैतिक मूल्यको उल्लंघनले सामाजिक न्यायको सङ्घर्षलाई कमजोर बनाउने बताए। उनले लेखे, "ज्येष्ठ छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्य र संस्कारसँग मेल खाँदैन। तसर्थ, यी परिस्थितिका कारण उनलाई पार्टी र परिवारबाट टाढा राख्छु।"

लालूले तेज प्रतापलाई ६ वर्षका लागि पार्टीबाट निष्कासित गरेको घोषणा गरेका छन्। उनले थपे, "अबदेखि उनको पार्टी र परिवारमा कुनै भूमिका हुनेछैन। उनले आफ्नो व्यक्तिगत जीवनको भलो-नराम्रो र गुण-दोष आफैं मूल्यांकन गर्न सक्षम छन्। उनसँग सम्बन्ध राख्नेहरूले आफ्नो विवेकले निर्णय लिनुपर्छ। म सधैं लोकजीवनमा लोकलाजको पक्षधर रहँदै आएको छु। परिवारका आज्ञाकारी सदस्यहरूले सार्वजनिक जीवनमा यही विचारलाई अङ्गीकार गरेका छन्।"

लालूले तेज प्रतापलाई पार्टीबाट मात्र नभई परिवारबाट पनि बेदखल गरेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा उनले लेखे, "ज्येष्ठ छोराको गतिविधि र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्यविपरीत छ। त्यसैले उनलाई पार्टी र परिवारबाट पूर्ण रूपमा अलग गर्छु।" यो कदमले आरजेडी र यादव परिवारमा ठूलो हलचल ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?