सिमरा विमानस्थलबाट काठमाडौँ ल्याइँदै गरेकी महिलाको विमानमै मृत्यु
10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ७ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको मंगलवार बाराको सिमरा विमानस्थलबाट काठमाडौँ ल्याउने क्रममा विमानमै मृत्यु भएको छ। उनलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारका लागि बुद्ध एयरको साँझ ४ बजेको उडानमा काठमाडौँ ल्याउँदै गर्दा विमानमै अचेत भएकी थिइन्। काठमाडौँ आइपुगेपछि तुरुन्तै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरूले अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।
मृतक चौधरीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र गौशाला प्रहरी वृत्तले अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments