रौतहटबाट १२७ जना हज यात्री साउदी अरेबिया प्रस्थान

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ७ गते । रौतहटबाट इस्लाम धर्मावलम्बी १२७ जना हज यात्रीहरू साउदी अरेबियाको मक्का मदिना प्रस्थान गर्न लागेका छन्। पहिलो चरणमा बुधबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११९ जना रौतहटेली प्रस्थान गरेका छन् भने अन्य आठ जना क्रमशः बुधबार राति र बिहीबार बिहान साउदी अरेबिया जाने तयारीमा छन्। नेपाल हज समितिका सदस्य गुलाम सरबरका अनुसार उनीहरूले सर्लाही र सुनसरीका यात्रीसहित १४९ सदस्यीय टोलीको नेतृत्व गर्दै मक्का मदिना प्रस्थान गरेका हुन्।

हज यात्राका लागि समितिको समन्वयमा सबै तयारी पूरा गरिएको थियो भने यात्रुहरूको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था समेत मिलाइएको थियो। रौतहट क्षेत्र नम्बर २ का नेपाली कांग्रेस नेता डा. फिरदोस आलम स्वयं हज यात्रामा सहभागी हुँदै इस्लाम धर्मावलम्बीका लागि यो पवित्र यात्रा महत्वपूर्ण भएको बताए। यस वर्ष साउदी सरकारले नेपालका लागि १,२०० जनाको हज कोटा तोकेको छ भने नेपाल हज समितिले १,१७१ जना हज यात्रीको व्यवस्थापन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?