‘बिग बोस १८’ की अभिनेत्री शिल्पा शिरोडकर कोरोना संक्रमित, फ्यानलाई सुरक्षित रहन आग्रह
2 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ ६ गते । ‘बिग बोस १८’ मा सहभागी बलिउड अभिनेत्री शिल्पा शिरोडकर कोरोना भाइरसबाट संक्रमित भएकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू संक्रमित भएको जानकारी दिँदै सबैलाई सावधानी अपनाउन आग्रह गरेकी छन्। “मेरो कोरोना परीक्षण पोजेटिभ आएको छ। सबैले सुरक्षित रहनुहोस् र मास्क लगाउन नबिर्सनुहोस्,” उनले लेखेकी छन्।
५१ वर्षीया शिल्पा शिरोडकर भारतमा कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो अभिनेत्री हुन्। सन् १९८९ मा मिथुन चक्रवर्तीसँग फिल्म ‘भ्रष्टाचार’बाट बलिउड डेब्यू गरेकी शिल्पाले तेलुगु र तमिल फिल्महरूमा पनि काम गरिसकेकी छन्। संक्रमणको खबर सार्वजनिक भएलगत्तै उनका फ्यानहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments