रत्ननगरमा यात्रुवाहक बस डिभाइडरमा ठोक्किँदा १५ जना घाइते

18 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २ गते । ।पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किँदा १५ जना यात्रु घाइते भएका छन्। लहानबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बसमा ३९ जना सवार थिए। दुर्घटनामा परेका घाइतेमध्ये चार जनाको उपचार पुरानो मेडिकल कलेजमा र बाँकीको बकुलहर अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिए।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ भने दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रारम्भिक अनुसन्धानपछि विस्तृत विवरण आउने प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?