हत्या आरोपी पक्राउको मागमा जनकपुरधाममा लैंगिक तथा यौनिक अल्पसंख्यकको चक्का जाम

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ १ गते । हत्या आरोपितलाई पूर्ण रूपमा नियन्त्रणमा लिन माग गर्दै जनकपुरधाममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले कडा प्रदर्शन गरेका छन्। रामानन्द चोकमा सडक जाम गर्दै उनीहरूले प्रहरी प्रशासन र न्याय प्रणालीको निष्क्रियता विरुद्ध आक्रोश प्रकट गरेका हुन्।

गत चैत २ गते होलीको दिन बिन्धीमा अर्चना यादवका १७ वर्षीय छोरा आशु यादवको छुरा प्रहारबाट हत्या भएको घटनामा थप आरोपी फरार रहेको भन्दै प्रदर्शन तीव्र बनेको हो। प्रहरीले दुई जनालाई पक्राउ गरे पनि अन्य पाँच जना अझै पनि फरार रहेको भन्दै प्रदर्शनकारीले ‘न्याय मरेको देश’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरे। प्रदर्शनका क्रममा एक दर्जनभन्दा बढी सवारीसाधनमा तोडफोड भएको छ भने जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत रामानन्द चोक एक घण्टादेखि जाम छ। प्रहरीले जाम हटाउन प्रदर्शनकारीसँग वार्ता गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?