पर्सा प्रहरीले एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्‍यो

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ३१ गते । पर्सा प्रहरीले अदालतबाट फैसला भइसकेका तर फरार रहेका १९५ जना प्रतिवादीलाई एकै दिनमा पक्राउ गरेको छ। जिल्ला अदालत पर्साबाट विभिन्न मिति र मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरूको खोजी तथा कारबाहीका लागि खटिएको विशेष टोलीले मंगलबारको दिनमा यो संख्यामा प्रतिवादी नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार फैसला कार्यान्वयन तथा कैद असुल गर्न जिल्ला प्रहरी कार्यालयसहित मातहतका ईकाइहरू परिचालित भएका थिए। उनले फरार प्रतिवादीको संख्या धेरै भएकाले अदालतको आदेशअनुसार तीव्र अभियान सञ्चालन गरिएको र सोही क्रममा एकै दिनमा १९५ जनालाई पक्राउ गर्न सफलता मिलेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?