मोदीको पाकिस्तानलाई कडा चेतावनी: ‘आतंकवाद र वार्ता एकैसाथ सम्भव छैन’
23 घन्टा पहिले प्रकाशित

एजेन्सी, वैशाख ३० गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानलाई कडा चेतावनी दिएका छन्। उनले भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्दुर’ मार्फत आतंकवादविरुद्धको लडाइँमा नयाँ मान्यता स्थापित गरिएको र २१औँ शताब्दीको युद्धमा ‘मेड इन इन्डिया’ हतियारको प्रभावकारिता प्रमाणित भएको दाबी गरे। मोदीले उक्त अपरेसनमा देखिएको भारतीय सेनाको बहादुरीको तारिफ गर्दै भारत अब आतंकवादविरुद्ध शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताए।
प्रधानमन्त्री मोदीले यदि पाकिस्तानबाट पुनः आतंकवादी हमला भयो भने भारतले त्यसको कडा जवाफ दिने चेतावनी दिए। ‘हामी आफ्नै तरिकाले जवाफ दिनेछौं, जहाँबाट आतंकवाद जन्मन्छ, त्यहीँ प्रहार हुनेछ,’ उनले स्पष्ट पारे। साथै, उनले पाकिस्तानको परमाणु हतियारको ‘ब्ल्याकमेल’ भारतले सैह्य नगर्ने भन्दै पाकिस्तानप्रशासित कश्मिर र आतंकवाद मात्र वार्ताका विषय हुनसक्ने बताए। मोदीले पाकिस्तानले यदि आफूलाई जोगाउन चाहन्छ भने राज्यप्रायोजित आतंकवादको संरक्षण तत्काल अन्त्य गर्नुपर्ने चेतावनी पनि दिए।
कमेन्ट गर्नुहोस्
view comments