विवाह भोजको मिठाइ खाँदा पेट दुख्ने, बान्ता हुने लक्षण देखिएपछि सयभन्दा बढी उपचारमा

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख २९ गते । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीमा आयोजित एक विवाह भोजमा खाजा खाएपछि सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट जन्ती लिएर आएका परिवारका सदस्यसहित सयभन्दा बढीलाई खाजा सेवनपछि पेट दुख्ने, बान्ता आउने र कमजोरी हुने लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो। विवाह भोजमा स्वयम्बर सकिएपछि खाजामा बुनियाँ, रसबरीलगायतका मिठाइ परोसीएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार ४५ जना भन्दा बढी बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ भने अन्यको उपचार स्थानीय क्लिनिक तथा अस्पतालमा भइरहेको छ। केही बिरामी उपचारपछि घर फर्किइसकेका छन्। यादवका अनुसार घटनास्थलबाट खाजाको नमुना संकलन गरी परीक्षणका लागि ल्याबमा पठाइएको छ र प्रारम्भिक अनुमान अनुसार खाद्यवस्तुमा विषाक्तता भएको हुनसक्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?