कंगना रनावतको हलिउड डेब्यू, ‘ब्लेस्ड बी द इभिल’ मा देखिने
2 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख २९ गते । बलिउड अभिनेत्री कंगना रनावतले हलिउडमा पाइला टेक्ने भएकी छन्। उनी हरर फिल्म ‘Blessed Be the Evil’ मार्फत डेब्यू गर्न लागेकी हुन्। फिल्मलाई अनुराग रूद्रले निर्देशन गर्नेछन् भने स्कारलेट स्टेलोन र टायलर पोसी मुख्य भूमिकामा देखिनेछन्। Variety का अनुसार फिल्मको छायांकन आगामी गर्मी याममा न्यूयोर्कमा सुरु हुनेछ र निर्माणको जिम्मा लायन्स मूभिजले लिएको छ।
फिल्मको कथा पश्चिमी परिवेशमा आधारित भए पनि यसको प्रेरणा भारतको परम्परागत लोककथाबाट लिइएको बताइएको छ। निर्देशक अनुराग रूद्रले आफू ग्रामीण भारतमा हुर्किएको र त्यहीँ सुनेको एउटा लोककथाले यस फिल्मको आधार तयार गरेको बताएका छन्। कंगनाको भूमिकाबारे भने अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
कमेन्ट गर्नुहोस्
view comments