भारत–पाक तनाव शान्त बन्दै, युद्धविरामपछि ३२ विमानस्थल पुनः सञ्चालनमा
2 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख २९ गते । सन् १९९९ पछि पाकिस्तानसँगको सबैभन्दा गम्भीर लडाइँको अन्त्य गर्दै भएको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः सञ्चालनमा ल्याएको छ। भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित कश्मीरको श्रीनगरदेखि गुजरातको भुजसम्मका विमानस्थलहरू अब पुनः सञ्चालनमा छन्।
गत हप्ता चार दिनसम्म चलेको भारत–पाकिस्तानबीचको भीषण झडपपछि ती विमानस्थलहरू सुरक्षाका कारण बन्द गरिएको थियो। विमानस्थल बन्दसँगै दुई मुलुकबीचको तनाव पूर्ण युद्धमा रूपान्तरण हुने चिन्ता विश्वभर फैलिएको थियो। शनिबार युद्धविराम घोषणा भए पनि सुरुमा दुबै पक्षले उल्लंघनको आरोप लगाए। यद्यपि सोमबारसम्म सीमावर्ती क्षेत्रहरू शान्त रहेको दुबै देशले जनाएका छन्।
कमेन्ट गर्नुहोस्
view comments