श्रीलंकामा बौद्ध तीर्थयात्री सवार बस दुर्घटना, २१ को मृत्यु, १४ गम्भीर घाइते
2 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख २९ गते । श्रीलंकामा बौद्ध धर्मावलम्बी बोकेको एक यात्रुवाहक बस भीरबाट खस्दा २१ जनाको ज्यान गएको छ भने १४ जना गम्भीर घाइते भएका छन्। तीर्थस्थल कातारागामाबाट कोटमाले हुँदै कुरुनेगाला शहरतर्फ जाँदै गरेको करिब ७० यात्रु सवार बस आइतबार बिहान अनियन्त्रित भई पहाडी सडकबाट खसेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
दुर्घटनास्थलमै १५ जनाको मृत्यु भएको हो भने थप ६ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको बताइएको छ। घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान भइरहेको श्रीलङ्का प्रहरीले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments