उत्तरकाशीमा हेलिकप्टर दुर्घटना: ६ जनाको मृत्यु, चारधाम यात्रामा मौसमको असर

2 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख २५ गते । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा बिहीबार बिहान गंगानी नजिकै एक निजी कम्पनी एरो ट्रिंकको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। हेलिकप्टरमा सात जना सवार थिए। प्रहरी, प्रशासन र विपद् व्यवस्थापन टोली घटनास्थलमा पुग्नेबित्तिकै उद्धार कार्य सुरु गरिएको थियो। चारधाम यात्राको समय भएकाले धेरैजसो तीर्थयात्रीहरू हेलिकप्टरबाट यात्रा गरिरहेका छन्, जसले गर्दा हवाई आवागमन बढेको छ।

मौसम विभागले उत्तराखण्डका विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा, मेघगर्जन र तीव्र हावाहुरीको सम्भावना रहेको चेतावनी दिएको छ। पछिल्लो दिनहरूमा खराब मौसमका कारण हेलिकप्टरहरूलाई आपत्कालीन अवतरण गर्नुपर्ने अवस्थाहरू पनि देखिएका छन्। सोमबार बद्रीनाथबाट देहरादून जाँदै गरेको अर्को हेलिकप्टरले चमोली नजिकैको गोपेश्वरमा पार्किङको अवरोधका कारण खेल मैदानमा आपतकालीन अवतरण गर्नुपरेको थियो। ती घटनाहरूले चारधाम यात्रामा मौसमको असहज परिस्थितिको चुनौती झन् स्पष्ट बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?