भारत–पाकिस्तान तनावबारे चीनको प्रतिक्रिया : ‘भारतको हवाई आक्रमण दुर्भाग्यपूर्ण’
19 घन्टा पहिले प्रकाशित

एजेन्सी, वैशाख २४ गते । भारत र पाकिस्तानबीच जारी सीमावर्ती गोलाबारी र सैन्य तनावबारे चीनले औपचारिक प्रतिक्रिया जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले भारतद्वारा पाकिस्तानमाथि गरिएको हवाई आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उक्त कार्यलाई दुर्भाग्यपूर्ण भनेको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले दक्षिण एसियाली परिस्थितिबारे पत्रकारले सोधेको प्रश्नमा बोल्दै भारत–पाकिस्तान दुवै देश चीनका छिमेकी भएको नाताले चीन स्थायीत्व र शान्तिको पक्षमा रहेको स्पष्ट पारिन्। “भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण छ। हामी अहिलेको परिस्थितिबारे चिन्तित छौं,” प्रवक्ता माओले भनिन्, “भारत र पाकिस्तान दुवै एक अर्काका छिमेकी हुन् र चीनका पनि छिमेकी हुन्। यी देशहरूबीचको सहकार्य आवश्यक छ।”
चीनले आतंकवादको सबै प्रकारको विरोध गर्ने नीति दोहोर्याउँदै द्वन्द्व समाधानका लागि संवाद र संयम आवश्यक रहेको उल्लेख गरेको छ। चीनले तनाव नघटोउन्जेल क्षेत्रीय स्थायित्व चुनौतीपूर्ण हुने चेतावनी पनि दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments