धर्मान्तरण बढ्दो, हिन्दुहरू जागृत हुनुपर्छ: स्वामी रामभद्राचार्यको चेतावनी
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख २२ गते । चित्रकुट तुलसीपीठाधीश्वर जगतगुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्यले नेपाल र भारत दुबैलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन्। सोमबार जानकी मन्दिर दर्शन गर्न जनकपुरधाम आएका स्वामी रामभद्राचार्यले हाल हिन्दु राष्ट्र एक मात्र रहेकोमा त्यसलाई पनि समाप्त पारिएको भन्दै चिन्ता व्यक्त गरे। उनले नेपालमा इसाई र मुस्लिम धर्मको प्रचारमार्फत धर्मान्तरण भइरहेको भन्दै हिन्दुहरू जागृत हुनुपर्नेमा जोड दिए।
जानकी नवमीको पूर्वसन्ध्यामा आयोजित धार्मिक कार्यक्रममा बोल्दै उनले मिथिला क्षेत्र हिन्दु संस्कृतिको केन्द्र भएकोले यहाँ मांस-मदिरा जस्ता गतिविधिबाट टाढा रहनुपर्ने बताए। रामभद्राचार्यले जनकपुरलाई आफ्नो "सम्धियाना" बताउँदै जीवनभर आउने इच्छा व्यक्त गरे। जानकी नवमीको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments