मधेश प्रदेशमा जानकी नवमी र कविर दास जयन्तीमा सार्वजनिक बिदा
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख २१ गते । मधेश प्रदेश सरकारले जानकी नवमी र कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार मिति २०८२ साल वैशाख २३ गते मंगलवार जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते बुधवार कविर दास जयन्तीको दिन सार्वजनिक बिदा हुने छ।
यो निर्णय प्रदेश सरकारद्वारा २०८१ चैत २२ गते प्रकाशित मधेश राजपत्रको सन्दर्भमा थप स्पष्टीकरणका रूपमा आएको हो। प्रदेश सरकारले प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा संस्थाहरूमा सार्वजनिक विदाको कार्यान्वयन हुने जानकारी दिएको छ। उप-सचिव गणेश नायकद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि आग्रह गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments