सर्लाहीमा सहिद सुखदेव महतोको शालिक अनावरण, विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख २१ गते । सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा सहिद श्री सुखदेव महतोको शालिक अनावरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथिका रूपमा सहभागी भए। शालिक अनावरणको क्रममा नेता निधिले सहिद महतोको राष्ट्र र लोकतन्त्रप्रतिको योगदान अमूल्य रहेको उल्लेख गर्दै उहाँको सम्झनामा स्थापित शालिकले भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे।

समारोहमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, सहिद परिवारका सदस्यहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले 'जय नेपाल'को नारासहित राष्ट्रिय एकता, लोकतन्त्र र सहिदहरूको बलिदानप्रति सम्मान प्रकट गरे। कार्यक्रमले सहिदको योगदानलाई स्मरण गर्दै सामाजिक चेतना अभिवृद्धिमा योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?