पाकिस्तानी राष्ट्रपति जरदारीद्वारा राष्ट्रिय सभाको विशेष सत्र आह्वान

3 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख २१ गते । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले संविधानको धारा ५४(१) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै २०२५ मे ५ सोमबार साँझ ५ बजेका लागि राष्ट्रिय सभाको विशेष सत्र आह्वान गरेका छन्। यो हालको राष्ट्रिय सभाको १६औँ अधिवेशन हुनेछ। उक्त निर्णय शनिबार रक्षामन्त्री ख्वाजा आसिफको अध्यक्षतामा बसेको परामर्श बैठकको सिफारिसपछि लिइएको हो।

सत्रमा भारतको सम्भावित आक्रमण र हालैका कारबाहीहरूको विरोधमा प्रस्ताव पारित गरिने जनाइएको छ। यसअघि अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना मारिए, जसमा एक नेपाली नागरिक सुदीप न्यौपाने पनि थिए। उक्त घटनालाई लिएर पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले भारतको आक्रामकता विरुद्ध राष्ट्रिय सभामा प्रस्ताव पेस गरेका थिए, जुन सर्वसम्मतिले पारित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?