रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोरीको मृत्यु
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख २१ गते । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोरीको मृत्यु भएको छ। दुर्घटनामा गरुडा नगरपालिका–३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको ज्यान गएको हो। हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बिहान सवा ६ बजे ठक्कर दिएको थियो।
प्रहरीका अनुसार सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागेको थियो भने उर्मिला देवीको दाहिने हात र ढाडमा चोट लागेको थियो। दुबैको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालक हेटौँडा उपमहानगरपालिका–१२ का ४३ वर्षीय कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।
कमेन्ट गर्नुहोस्
view comments