धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणमा अनियमितता, नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकामा कृषि बाटो निर्माणका क्रममा अनियमितता भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले प्राविधिक लागत अनुमानविपरीत निर्माण कार्य गरी रु ७ लाख ७९ हजार २०५ बराबरको भ्रष्टाचार भएको आरोप लगाएको हो।
मुद्दामा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, र सबइञ्जिनियर शशिञ्जनकुमार सिंह समावेश छन्। यस्तै, गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी र वडा नम्बर ६ का वडाअध्यक्ष श्यामबाबु साहसमेत विरुद्ध समान बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments