संघीयताविरुद्ध दुष्प्रचार भइरहेको मुख्यमन्त्री सिंहको आरोप

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १५ गते ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयताको विरोध गर्ने व्यक्तिहरू र संघसंस्थाहरूले योजनाबद्ध रूपमा संघीयताको बदनाम गर्ने प्रयास गरिरहेको बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीयता लागू हुनु अघि मुलुकमा ठोस पूर्वाधार विकासको कमी रहेको तर संघीयता आएपछि देशभर विकासको लहर चलेको स्पष्ट पारे।

मुख्यमन्त्री सिंहले संघीय सरकारले ठेक्का लगाएका विभिन्न विकास योजना समयमै सम्पन्न नगर्दा प्रदेश तथा स्थानीय तहका प्रयास प्रभावकारी देखिन नसकेको गुनासो गरे। उनले संघीय सरकारलाई निर्माण व्यवसायीहरूलाई जिम्मेवारीपूर्वक काम पूरा गर्न कडाइका साथ निर्देशन दिन आग्रह गर्दै समयमै योजना सम्पन्न भएमा जनताले वास्तविक विकासको अनुभूति गर्ने बताए। साथै, उनले यस्तो कार्यक्रमले मधेस प्रदेश सरकारलाई आगामी दिनमा विकासका लागि थप मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?