मधेश प्रदेश स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार : १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य उपकरण खरिदमा व्यापक भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशक र अन्य कर्मचारीहरूसहित १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास, वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह, निर्देशक डा. श्रवणकुमार मिश्र, ल्याब टेक्निसियन तथा अन्य कर्मचारीहरू विरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको छ। हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित विरुद्ध पनि समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ।

आयोगले फरक फरक गरी चारवटा मुद्दा दायर गरेको छ। विशेष गरी, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव र हस्पिटेक इन्टरप्राइजेजका सञ्चालकसहित १५ जना र कम्पनी विरुद्ध रु १९ करोड ४६ लाख १३ हजार एक सय २० बराबरको बिगो माग गरिएको छ। त्यस्तै, मधेश प्रदेशका ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि खरिद गरिएको उपकरणमा पनि चरम भ्रष्टाचार भएको पाइएपछि आयोगले रु पाँच करोड एक लाख ९० हजार ८० बराबरको बिगो माग गर्दै छुट्टै मुद्दा दायर गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?