सर्लाहीमा जेठाजुले धारिलो हतियारले प्रहार गरी बुहारीको हत्या

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १४ गते । सर्लाहीको विष्णु गाउँपालिका–३, मधुवनगोठमा आइतबार एक दर्दनाक घटना भएको छ। ४० वर्षीय साहेब पासवानले आफ्नो बुहारी ३६ वर्षीया रेनुदेवी पासवानलाई धारिलो हतियार (फर्सा) प्रयोग गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, आइतबार बिहान पौने १० बजे खाना माग्ने क्रममा विवाद उत्पन्न भएपछि साहेबले रेनुदेवीमाथि फर्साले शरीरका विभिन्न भागमा १५ पटकभन्दा बढी प्रहार गरेका थिए। घटनापछि तत्कालै प्रहरीले साहेब पासवानलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि सदरमुकाम मलङ्गवा ल्याइएको प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभएको छ।

शनिबारको झैँ–झगडापछि साहेबकी श्रीमती र छोराछोरी माइतीतिर गएको र साहेब शनिबारदेखि भोकै रहेको खुलेको छ। आइतबार बिहान खाना माग्दा विवाद चर्किएर यस्तो जघन्य घटना भएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ। मृतक रेनुदेवीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ भने उनका श्रीमान गजेन्द्र पासवान मजदुरीका लागि भारतमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?