रौतहटको चाँदी खोलामा हराएका बालकको शव फेला, हत्या गरिएको आशंका
5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत १२ गते । रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा पाँच दिनदेखि हराइरहेका १४ वर्षीय कृष्ण प्रसाद यादवको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार मृतक वृन्दावन नगरपालिका–७ निवासी सुरुज राय यादवका छोरा कृष्ण प्रसादको शव आज बिहान ९ बजे पानीमा घोप्टो अवस्थामा भेटिएको हो। शवको अवस्था र चोटको प्रकृति हेर्दा बालकको कर्तव्यपूर्वक हत्या गरिएको अनुमान गरिएको डीएसपी राजन कार्कीले जानकारी दिए।
बालकको पेट र कन्चटमा गहिरो धारिलो हतियारको प्रहारजस्तो घाउ देखिएको र अनुसन्धानका लागि प्रहरीले टोली परिचालन गरेको छ। गत चैत ६ गते साँझ ४ बजे बिर्ता गाउँ जान्छु भनी मोटरसाइकलमा निस्किएका बालक तीन दिनसम्म सम्पर्कविहीन भएपछि परिवारले चैत ९ गते जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलमा निवेदन दिएका थिए। शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments